नियम ६
ब्यूरोले अनुसन्धान गर्ने अपराधहरू
ब्यूरोले देहाय बमोजिमका अपराधहरूको अनुसन्धान तहकिकात गर्नेछ ः–
(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ बमोजिम सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान तहकिकात हुने अपराधहरू मध्ये जघन्य, संगठित वा सार्वजनिक चासो वा बहुराष्ट्रिय प्रकृति वा मानव अधिकारको गम्भीर उल्लङ्घन वा राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशिल महशुस गरी प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरू, र
(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्रभित्र पर्ने भए तापनि त्यस्तो अपराधको अनुसन्धान तहकिकात ब्यूरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरू ।